कास्की प्रशासनले दशैंको दिन १८ वटा निशुल्क बस सञ्चालन गर्ने (रुटसहित)

पाेखरा | असोज २३, २०८१

कास्की प्रशासनले दशैंको दिन १८ वटा निशुल्क बस सञ्चालन गर्ने (रुटसहित)

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराउने भएको छ ।

 

कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निशुल्क बस सेवा सञ्चालन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूच्ना अधिकारी शिव लम्सालले जानकारी दिए ।

 

उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तरगत फोदी, हेमजा, हरिचोक र पृथ्वीचोक रुटमा ३ वटा, स्थानीय यातायात कम्पनी अन्तरगत कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस सञ्चालन हुनेछ । 

 

यस्तै पोखरा यातायात प्रालिको लामाचौर, बगर, महेन्द्रपुल,विरौटा हुदैं छोरेपाटनसम्म ३ वटा बस,महेन्द्रगुफा, महेन्द्रपुल चिप्लेढुंगा हुदैं लेकसाइड ३ वटा र काहुँखोला, पृथ्वीचोक हुदै हल्लनचोकसम्म ३ वटा बस सेवा सञ्चालन हुनेछ ।

 

यसैगरी बेगनास पोखार यातायात प्रालि अन्तरगत बेगनासताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपर्का २ वटा बस र राजाको चौतारा, सातमुहाने, खुदी हुँदैं बागलुङ बसपार्कसम्म २ वटा बस सेवा प्रदान हुनेछ ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्